गृहपृष्ठ Featured १३ औं कपिलवस्तु महोत्सव : गायनतर्फको आईडलबाट लक्ष्मण न्यौपाने बाहिरिए

१३ औं कपिलवस्तु महोत्सव : गायनतर्फको आईडलबाट लक्ष्मण न्यौपाने बाहिरिए

प्रकाशित मिति:

वैखरी अनलाईन, बाणगंगा । 

१३ औं कपिलवस्तु महोत्सवमा गायनतर्फको आईडलबाट एक जना प्रतिस्पर्धी बाहिरिएका छन् । पाचौं दिन शनिबार लक्ष्मण न्यौपाने उक्त आईडलबाट बाहिरिएका हुन् ।

शुक्रबार १० जना प्रतिस्पर्धीले प्रस्तुति राखेका थिए । ति प्रतिस्पर्धीले आज आधुनिक विधाको गित गाएका थिए । उक्त आईडलमा रहेका अब ९ जनाले भोलि आईतबार लोक विधाको गित गाउने आईडल संयोजक विरेन्द्र खाँणले जानकारी दिए । यस्तै डान्स आईडलतर्फ आज १० जना प्रतिस्पर्धीले प्रस्तुति राखेका छन् । ति प्रतिस्पर्धीहरुमध्ये अब क्रमश आउट हुने छन् ।

“सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र” भन्ने मूल नाराका साथ महोत्सव बाणगंगाको चारनम्बर जीतपुरस्थित बुद्धरंगशालामा मंगलबारदेखि सुरु भएको हो ।

१३ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी महोत्सव माघ २९ गतेसम्म संचालन हुने छ ।

सम्बन्धित् समाचार