गृहपृष्ठ Featured १३ औँ कपिलवस्तु महोत्सवमा लायन्सको रक्तदान कार्यक्रम : ५० पोइन्ट रगत संकलन

१३ औँ कपिलवस्तु महोत्सवमा लायन्सको रक्तदान कार्यक्रम : ५० पोइन्ट रगत संकलन

कपिलवस्तु

लायन्स क्लव अफ कपिलवस्तुले १३ औँ कपिलवस्तु महोत्सवको परिसर भित्र आयोजना गरेको रक्तदान कार्यक्रमबाट ५० पोइन्ट रगत संकलन गरेको छ । प्रत्येक महोत्सवमा लायन्स क्लव अफ कपिलवस्तुले रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ ।

कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव संयोजक डोलक राम घिमिरेको प्रमुख आथितिया रहेको थियो ।


प्रमुख अथितिको मन्तव्य राख्दै घिमिरेले रगत अमुल्य चिज हो, यस्तो पवित्र कार्यमा सबैलाई रक्तदान गरेर पुण्य कमाउन लागि अनुरोध गर्दै क्लवको सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । साथै घिमिरेले यस क्षेत्रमा अन्य सामाजिक संघ संस्था भएपनी लायन्सको कार्यसम्पादन अनुकरणीय भएको बताउनु भएको थियो ।

कार्यक्रममा रिजन चियर पर्सन सुरेन्द्र घिमिरे,पुर्व अध्यक्ष धातानन्द भुसाल तथा लायन्स वर्ष २०२२-२३ का बोर्ड सदस्यहरुको सहभागीता रहेको थियो ।

लायन्स क्लव अफ कपिलवस्तुले आयोजना गरेको रक्तदान कार्यक्रममा लायन्स क्लव अफ कपिलवस्तु दिदिबहिनी, लियो क्लव अफ कपिलवस्तु, लियो क्लव अफ शुद्धोधन कपिलवस्तुको सहयोग तथा सिनर्जी बहुउदेश्यीय सहकारीको समन्वय रहेको थियो ।

कार्यक्रममा रेडक्रस तौलिहवाको प्रविधिक सहयोग रहेको थियो ।

कार्यक्रम लायन्स क्लव अफ कपिलवस्तुका अध्यक्ष राम शुभागे थारुको अध्यक्षता साथै कार्यक्रम संयोजक सागर घिमिरे तथा बिनोद गैरेको सञ्चालन तथा सहजिकरण कार्यक्रममा रहेको थियो ।

रक्तदातालाई प्रमाण पत्रले सम्मान गरिएको थियो ।

सम्बन्धित् समाचार