गृहपृष्ठ Featured कपिलवस्तु महोत्सवमा भोलि बविता बानियाँ ‘जेरी’ सहितका कलाकारको बेजोड प्रस्तुति

कपिलवस्तु महोत्सवमा भोलि बविता बानियाँ ‘जेरी’ सहितका कलाकारको बेजोड प्रस्तुति

वैखरी अनलाईन, बाणगंगा ।

१३ औं कपिलवस्तु महोत्सवको छैठो चर्चित लोक तथा दोहोरी गायिका बविता बानियाँ जेरीसहितका कलाकारको बेजोड प्रस्तुति रहने भएको छ । जेरीसंगै लोक तथा दोहोरी गायक बालचन्द्र बराल, हास्य कलाकार पुरुषोत्तम भण्डारी ‘पुर्खे बा’ को प्रस्तुति रहने महोत्सवका संयोजक तथा कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले जानकारी दिए ।

शनिबार आज सम्झना भण्डारी, बाल कलाकार कमला घिमिरे, बसन्त लम्साल, मिसन भुसालसहित स्थानीय कलाकार प्रस्तुति राखेका थिए । अध्यक्ष घिमिरेले शनिबार दर्शकको उत्साहजनक उपस्थिति रहेको बताए । उनले महोत्सवमा दर्शकको उपस्थिति क्रमश बढ्दै गएको उनले बताए ।

“सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र” भन्ने मूल नाराका साथ महोत्सव बाणगंगाको चारनम्बर जीतपुरस्थित बुद्धरंगशालामा मंगलबारदेखि सुरु भएको हो ।

१३ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी महोत्सव माघ २९ गतेसम्म संचालन हुने छ ।

सम्बन्धित् समाचार