गृहपृष्ठ Featured कपिलवस्तु महोत्सवको पाँचौ दिन : २० हजार दर्शक, ४० लाखको कारोबार

कपिलवस्तु महोत्सवको पाँचौ दिन : २० हजार दर्शक, ४० लाखको कारोबार

वैखरी अनलाईन, बाणगंगा ।

१३ औं कपिलवस्तु महोत्सवको पाँचौ दिन २० हजार दर्शकले अवलोकन गरेका छन् । “सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र” भन्ने मूल नाराका साथ महोत्सव बाणगंगाको चारनम्बर जीतपुरस्थित बुद्धरंगशालामा माघ १७ गतेदेखि सुरु भएको हो ।

शनिबार २० हजार दर्शकले अवलोकन गरेको जानकारी दिदैं महोत्सवका संयोजक समेत रहेका कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले ४० लाखको आर्थिक कारोबार भएको बताए । आज चर्चित लोक तथा दोहोरी गायिका सम्झना भण्डारी, बाल कलाकार कमला घिमिरे, बसन्त लम्साल र मिसन भुसालसहित स्थानीय कलाकारले प्रस्तुति दिएका थिए ।

क्रमिक रुपमा दर्शकको उत्साहजनक उपस्थिति देखिएको संयोजक घिमिरेले बताए । यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृति, ऐतिहासिक स्थलको संरक्षण तथा प्रवद्र्धन गर्न महोत्सवले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उनको भनाई छ ।

कपिलवस्तु उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा महोत्सवका निर्देशक छविरेस्मी मगरले आईतबार चर्चित लोक तथा दोहोरी गायिका बविता बानियाँ ‘जेरी’, लोक तथा दोहोरी गायक बालचन्द्र बराल, हास्य कलाकार पुरुषोत्तम भण्डारी ‘पुर्खे बा’ को प्रस्तुति रहने जानकारी दिए ।

माघ १७ गतेदेखि सुरु भएको १३ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी महोत्सव माघ २९ गतेसम्म संचालन हुने छ ।

सम्बन्धित् समाचार