वैखरी अनलाईन, बाणगंगा ।
१३ औं कपिलवस्तु महोत्सवको आठौं दिन चर्चित आधुनिक गायिका अस्मिता अधिकारीको बेजोड प्रस्तुति रहने भएको छ । अधिकारीसंगै लोक तथा दोहोरी गायक अर्जुन सापकोटा, आधुनिक गायक टंक तिमल्सिनासहित स्थानीय कलाकारको प्रस्तुति रहने महोत्सवका संयोजक तथा कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले जानकारी दिए ।
सोमबार चर्चित आधुनिक गायिका एलिना चौहान, लोक तथा दोहोरी गायक नविन पौडेल, लोक तथा दोहोरी गायिका विष्णु श्रीपाली, हास्य कलाकार तथा लोक दोहोरी गायक उज्वल गिरीले प्रस्तुति राखेका थिए ।
महोत्सवमा दर्शकको उत्साहजनक सहभागिता देखिएको र दर्शकको उपस्थिति क्रमश बढ्दै गएको महोत्सवका निर्देशक तथा कपिलवस्तु उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष छविरेस्मी मगरले बताए । उनले महोत्सव सफलता पुर्वक संचालन भएको बताए ।
“सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र” भन्ने मूल नाराका साथ महोत्सव बाणगंगाको चारनम्बर जीतपुरस्थित बुद्धरंगशालामा माघ १७ गतेदेखि सुरु भएको हो ।
१३ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी महोत्सव माघ २९ गतेसम्म संचालन हुने छ ।








