गृहपृष्ठ Featured कपिलवस्तु महोत्सवमा ६ बर्षदेखि टिभिएसको सहकार्य : ग्राहकलाई ८ हजार सम्मको छुट

कपिलवस्तु महोत्सवमा ६ बर्षदेखि टिभिएसको सहकार्य : ग्राहकलाई ८ हजार सम्मको छुट

वैखरी अनलाईन, बाणगंगा ।

१३ औं कपिलवस्तु महोत्सवमा टिभिएसका बाईक तथा स्कुटर आकर्षणको केन्द्र बनेको छ । ग्राहकको पहिलो रोजाईमा परेपछि टिभिएसका बाईक तथा स्कुटर आकर्षणको केन्द्र बनेको हो । कपिलवस्तु उद्योग बाणिज्य संघले आयोजना गरेको १३ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी आयोजकले अनुमान गरे भन्दा पनि भब्य बन्दै गई रहेको छ ।

बिगत ६ बर्ष देखि निरन्तर रुपमा कपिलवस्तु महोत्सवमा टिभिएस मोटर्सले सहकार्य गर्दै आएको छ । टिभिएस मोटर्सलाई नेपालमा जगदम्बा मोटर्स प्रालिले नेपालमा आयात गर्दै आएको छ भने कपिलवस्तुको लागि आधिकारिक बिक्रेता बाणगंगा अटो ट्रेडर्सले बिक्री बितरण गर्दै आएको छ ।

यस क्षेत्रमा टिभिएस निकै लोकप्रिय रहदै आएको र महोत्सवमा पनि त्यसले निरन्तरता पाएको महोत्सवको आयोजक संस्था कपिलवस्तु उद्योग बाणिज्य संघका महासचिव मनोज पौडेलले बताए । १३ औं कपिलवस्तु महोत्सवमा टिभिएस टिकट प्रायोजकको रुपमा रहेको उनले जानकारी दिए ।

महोत्सव स्थलमा टिभिएसको स्टल रहेको संचालक मोहन न्यौपानेले जानकारी दिए । उनले महोत्सव अवधिभर टिभिएसको स्टलबाट मोटरसाईकल खरिद गर्ने ग्राहकलाई ८ हजारक नगद छुटको ब्यबस्था गरिएको बताए । लुम्बिनी प्रदेशमा हुने ब्यापारिक मेला मध्ये बुटवल पछिको नाफा मुलक मेलाको रुपमा कपिलवस्तु मेला रहदै आएको महोत्सवमा संयोजक तथा कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले बताए ।

महोत्सवमा डेढ लाख दर्शन भित्राउँदै करिब ५ देखि ७ करोडको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको महोत्सवका निर्देशक तथा कपिलवस्तु उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष छविरेस्मी मगरले बताए ।

व्यापारिक मेला महोत्सवलाई बजारीकरणको रुपमा पनि विभिन्न कम्पनीहरुले उपयोग गर्दै आएका उनले बताए । उनका अनुसार महोत्सवको प्रपोजल समेत सोहि अनुसार तयार गरिन्छ । “सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र” भन्ने मूल नाराका साथ माघ १७ गतेदेखि संचालित महोत्सव माघ २९ गतेसम्म चल्ने छ ।

सम्बन्धित् समाचार