गृहपृष्ठ Featured राष्ट्रिय सभा उपाध्यक्ष अर्यालद्वारा शपथ ग्रहण

राष्ट्रिय सभा उपाध्यक्ष अर्यालद्वारा शपथ ग्रहण

काठमाडौँ ।

राष्ट्रिय सभाकी नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छन् ।

मंगलबार शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष अर्यालले पद तथा गोपनीयताको शपथ लिएकी हुन् ।

सोमबार सत्तारूढ गठबन्धनबाट माओवादीकी सांसद उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी थिइन् । पर्साको जगरनाथपुर गाउँपालिकामा २०१३ मा जन्मिएकी उनी २०७० मा एमालेबाट माओवादीमा प्रवेश गरेकी थिइन् । माओवादी स्थायी समिति सदस्य अर्याल सत्ता गठबन्धनबाट उपाध्यक्ष चुनिएकी हुन् ।

 

सम्बन्धित् समाचार