वैखरी अनलाईन, बाणगंगा ।
१३ औं कपिलवस्तु महोत्सवको नवौं दिन चर्चित लोक तथा दोहोरी गायक खेम सेन्चुरीको बेजोड प्रस्तुति रहने भएको छ । सेन्चुरीसंगै बुधबार चर्चित बाल गायक सुप्रिम मल्ल, लोक दोहोरी गायिकका मन्जु भट्टराई, लोक दोहोरी गायक दिपक भण्डारीसहित कलाकारको प्रस्तुति रहने महोत्सवका संयोजक तथा कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले जानकारी दिए ।

मंगलबार आज चर्चित आधुनिक गायिका अस्मिता अधिकारी, लोक तथा दोहोरी गायक अर्जुन सापकोटा, आधुनिक गायक टंक तिमल्सिनासहित स्थानीय कलाकारको प्रस्तुति रहेको उनलृ जानकारी दिए । महोत्सवमा दर्शकको उत्साहजनक सहभागिता देखिएको र दर्शकको उपस्थिति क्रमश बढ्दै गएको उनले बताए ।
“सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र” भन्ने मूल नाराका साथ महोत्सव बाणगंगाको चारनम्बर जीतपुरस्थित बुद्धरंगशालामा मंगलबारदेखि सुरु भएको हो ।
१३ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी महोत्सव माघ २९ गतेसम्म संचालन हुने छ ।








