वैखरी अनलाईन, बाणगंगा ।
१३ औं कपिलवस्तु महोत्सवको नवौं दिन चर्चित लोक तथा दोहोरी गायक खेम सेन्चुरीको बेजोड प्रस्तुति रहने भएको छ । सेन्चुरीसंगै आज बुधबार चर्चित बाल गायक सुप्रिम मल्ल, लोक दोहोरी गायिकका मन्जु भट्टराईसहित स्थानीय कलाकारको प्रस्तुति रहने महोत्सवका संयोजक तथा कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले जानकारी दिए ।
मंगलबार चर्चित आधुनिक गायिका अस्मिता अधिकारी, लोक तथा दोहोरी गायक अर्जुन सापकोटा, आधुनिक गायक टंक तिमल्सिनासहित स्थानीय कलाकारको प्रस्तुति रहेको उनलृ जानकारी दिए । महोत्सवमा दर्शकको उत्साहजनक सहभागिता देखिएको र दर्शकको उपस्थिति क्रमश बढ्दै गएको उनले बताए ।
“सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र” भन्ने मूल नाराका साथ महोत्सव बाणगंगाको चारनम्बर जीतपुरस्थित बुद्धरंगशालामा मंगलबारदेखि सुरु भएको हो ।
१३ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी महोत्सव माघ २९ गतेसम्म संचालन हुने छ ।








