राष्ट्रपतिमा एमाले र कांग्रेसले उम्मेदवारी दिने तयारी गरेका छन् भने माओवादीले राष्ट्रिय सहमति हुनुपर्ने भन्दै आएको छ । राष्ट्रपतिमा माओवादी र एमाले एकमत नहुँदा पुस १० मा बनेको सत्ता गठबन्धन भत्कने हो कि भन्ने संशय पैदा भएको छ ।
दुई नेताबीच राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछि खाली भएका मन्त्रालयमा कसलाई पठाउने वा नपठाउने भन्ने बारेमा समेत कुराकानी हुने बुझिएको छ । गृह मन्त्रालय नपाएको भन्दै रास्वपा सरकारबाट बाहिरिएको छ । यद्यपि सो पार्टीले सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ ।