गृहपृष्ठ Featured लुम्बिनीका मुख्यमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा न्यौपाने

लुम्बिनीका मुख्यमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा न्यौपाने

बुटवल ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आफ्नो प्रमुख राजनीतिक सल्लाहकारमा दधिराम न्यौपानेलाई नियुक्त गरेका छन्। मुख्यमन्त्री गिरीले बुटवल उपमहानगरपालिका ११ निवासी शर्मालाई बुधबार प्रमुख सल्लाहकारमा नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री गिरीले प्रदेश सरकारका कामहरूमा राजनीतिक समन्वय र आवश्यक सल्लाह लिने गरी प्रमुख राजनीतिक सल्लाहकारमा न्यौपानेलाई नियुक्त गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

न्यौपाने नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा प्रदेश सह इन्चार्ज समेत हुन् ।

उनी रुपन्देही क्षेत्र नम्बर १ को ‘ख’ मा कांग्रेसका अब्दुल रज्याकसँग पराजित भएका थिए । लामो समयदेखि नेकपा माओवादी केन्द्रमा सक्रिय शर्माले नेकपा विभाजन गर्ने अदालतको आदेशसँगै नेकपा एमाले रोजेका थिए ।

सम्बन्धित् समाचार