वैखरी अनलाईन, बाणगंगा ।
१३ औं कपिलवस्तु महोत्सवको एघारौं दिन चर्चित आधुनिक गायक राजनराज सिवाकोटीको बजोड प्रस्तुति रहने भएको छ । सिवाकोटीसंगै आज शुक्रबार चर्चित लोक दोहोरी गायक कुशल बेल्बासे, लोक दोहोरी गायिका संगिता तिचौरे, हास्यकलाकार सुमित घिमिरे, डान्सर सदिक्षा चौधरीसहित स्थानीय कलाकारको प्रस्तुति रहने महोत्सवका संयोजक तथा कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले जानकारी दिए ।
विहिबार चर्चित आधुनिक गायक रमेशराज भट्टराई, लोक तथा दोहोरी गायिका शोभा त्रिपाठी, चर्चित लोक तथा दोहोरी गायक मिलन बिसीसहित स्थानीय कलाकारको कलाकारको प्रस्तुति रहेको उनले बताए । महोत्सवमा दर्शकको उत्साहजनक सहभागिता देखिएकोे उनले बताए ।
यस्तै आईडल संयोजक विरेन्द्र खाँणले डान्स र गायनतर्फका प्रतिस्पर्धीले आआफ्नो प्रस्तुति राख्ने बताए ।
“सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र” भन्ने मूल नाराका साथ महोत्सव बाणगंगाको चारनम्बर जीतपुरस्थित बुद्धरंगशालामा मंगलबारदेखि सुरु भएको हो ।
१३ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी महोत्सव माघ २९ गतेसम्म संचालन हुने छ ।








