- सुक्खा हुँदा ओठ फुट्ने गर्छ । त्यसैले यसलाई हाइड्रेट राख्नका लागि पानी प्रशस्तै पिउनुपर्छ ।
- ओठमा पेट्रोलियम जेली लगाउनुपर्छ ।
- तपाईंले ताजा घिउ पनि लगाउन सक्नुहुन्छ । यसले ओठको रगत पनि गुलाबी बनाउँछ र कालोपन भगाउँछ ।
- मह र चिनी मिसाएर हल्का रगड्न सकिन्छ । एक मिनेट यसरी मसाज गर्नु राम्रो हुन्छ ।
- घिउकुमारीको रसमा हल्का मह मिसाएर ओठमा मसाज गरेर १० मिनेपछि धुँदा पनि हुन्छ ।
- थोरै केशरलाई पिसेर दूधमा मिसाउने अनि स्क्रब गर्ने गर्दा पनि हुन्छ ।
- महलाई तपाईंले सीधै प्रयोग गर्न पनि सक्नुहुन्छ । त्यस्तै, नरिवलको तेल पनि लगाउन सकिन्छ ।
- लिपस्टिक प्रयोग गर्नुअघि लिप बाम लगाउनुपर्छ ।
- सस्तो लिपस्टिक प्रयोग गर्नुको साटो नेचुरल प्रडक्ट प्रयोग गर्नु राम्रो हुन्छ ।
- आधा बोतल ग्लिसिरिन र दुईवटा कागती निचोरेर त्यसको रस मिक्स गरेर राख्नुस् र यसलाई दैनिक लगाउन सकिन्छ ।
- गुलाफको थोरै पातलाई थोरै दूधमा रातभर भिजाएर राख्नुस् । बिहान यसको पेस्ट तयार गरेर ओठमा १० देखि २० मिनेटसम्म लगाउनुस् र धुनुस् ।
ओठ फुट्न नदिन अपनाउनुहोस् यस्ता उपाय


लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैबस दुर्घटना हुँदा तीन जनाको मृत्यु, २२ घाइते
१ घण्टा अघि
सांसद माया राईलाई तीन दिन हिरासतमा राख्न अनुमति
१ घण्टा अघि
दाउन्नेमा ब्रेक फेल भएको ट्रक होटलभित्र छिरेपछि…
२ घण्टा अघि
…त्यसपछि भड्कियो शिक्षक आन्दोलन
२ घण्टा अघि