गुल्मी ।
गुल्मीको पिपलधारामा गुडिरहेको ट्याक्टरले च्यापेर एकजनाको ज्यान गएको छ। धुर्कोट गाउँपालिका‐२ पिपलधारामा लु ४ त ७६५६ नम्बरको ट्याक्टरले च्यापेर स्थानीय २२ वर्षीय सुवास परियारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक श्यामप्रकाश यादवले जानकारी दिए।
स्थानीय नादी खोलाबाट बालुवा बोकेर पिपलधारा जाँदै गरेको ट्याक्टरमा सवार परियार अचानक ट्याक्टरबाट खस्दा बीचकाे पाङ्ग्राले च्यापेको थियो । मृतक परियार लु ३ त ७४७१ नम्बरको ट्याक्टरका सहचालक हुन्।
ट्याक्टरका चालक सागर र ट्याक्टरलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले नियन्त्रणमा लिएको यादवले बताए। मृतक सुवासको शव पोष्मार्टमको लागि गुल्मी अस्पताल तम्घास ल्याइएको छ।








