गृहपृष्ठ Featured कपिलवस्तु महोत्सवमा आज आउँछन् यी चर्चित कलाकार

कपिलवस्तु महोत्सवमा आज आउँछन् यी चर्चित कलाकार

बाणगंगा, वैखरी अनलाईन ।

१३ औं कपिलवस्तु महोत्सवको बाह्रौ दिन आज चर्चित लोक दोहोरी गायक प्रकाश दुतराज आउने भएका छन् । दुतराजसंगै लोक आधुनिक गायक थानेश्वर गौतम, लोक दोहोरी गायिका टिका सानु र बाल कलाकार जिया भुसालसहित स्थानीय कलाकारको बजोड प्रस्तुति रहने महोत्सवका संयोजक तथा कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले जानकारी दिए ।

शुक्रबार आधुनिक गायक राजनराज सिवाकोटी, चर्चित लोक दोहोरी गायक कुशल बेल्बासे, लोक दोहोरी गायिका संगिता चितौरे, हास्यकलाकार सुमित घिमिरे लगायतको प्रस्तुति रहेको थियो ।

यस्तै आईडल संयोजक विरेन्द्र खाँणले डान्स र गायनतर्फका प्रतिस्पर्धीले आआफ्नो प्रस्तुति राख्ने बताए ।

“सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र” भन्ने मूल नाराका साथ महोत्सव बाणगंगाको चारनम्बर जीतपुरस्थित बुद्धरंगशालामा माघ १७ गतेदेखि सुरु भएको हो ।

१३ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी महोत्सव माघ २९ गतेसम्म संचालन हुने छ ।

सम्बन्धित् समाचार