गृहपृष्ठ Featured ‘प्रथम कपिलवस्तु सिङ्गिङ आईडल’ को उपाधि सुष्मा आचार्यलाई

‘प्रथम कपिलवस्तु सिङ्गिङ आईडल’ को उपाधि सुष्मा आचार्यलाई

प्रकाशित मिति:

वैखरी अनलाईन, बाणगंगा ।

प्रथम कपिलवस्तु सिङ्गिङ आईडलको उपाधि सुष्मा आचार्यले हात पार्न सफल भएकी छिन् । उपाधि हात पारेसंगै आचार्यले नगदसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेकी छिन् । आचार्य कपिलवस्तुको बुद्धभूमि नगरपालिका- २ निवासी हुन् ।

यस्तै उपविजेता रिसव पन्थी बन्न सफल भएका छन् भने तृतीय, सान्तवना र पाचौ स्थान सन्दिप खनाल, विपना थापा क्षेत्री, हेमराज नेपाली हासिल गरेका छन् ।

“सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र” भन्ने मूल नाराका साथ महोत्सव बाणगंगाको चारनम्बर जीतपुरस्थित बुद्धरंगशालामा माघ १७ गतेदेखि सुरु भएको थियो ।

कपिलवस्तु उद्योग बाणिज्य संघले आयोजना गरेको १३ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी आज समापन भएको हो ।

सम्बन्धित् समाचार