वैखरी अनलाईन, बाणगंगा ।
११ औं कपिलवस्तु डान्स आईडलको उपाधि ग्रिष्मा गाहाले जितेकी छिन् । उपाधि हात पारेसंगै उनले नगदसहित ट्रफि, मेडल र प्रमाण पत्र हात पारेकी छिन् । । गाहा बाणगंगा- २ राजपुरमा रहेको ज्ञानपुञ्ज बोर्डिङ्ग स्कुलकी छात्रा हुन् ।
यस्तै द्धितीय प्रतिमा सारु मगर, तीतृय जस्मिन चौधरी, सन्तवना स्थान विपना परियारले हात पारेकी छिन् भने सोनु परियार पाचौं भएका छन् ।
फाईनलमा प्रतिस्पर्धा गरेका उनीहरुले नगदसहित ट्रफि, मेडल र प्रमाण पत्र हात पारेका आईडल संयोजक विरेन्द्र खाँणले बताए ।
“सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र” भन्ने मूल नाराका साथ महोत्सव बाणगंगाको चारनम्बर जीतपुरस्थित बुद्धरंगशालामा माघ १७ गतेदेखि सुरु भएको थियो ।
कपिलवस्तु उद्योग बाणिज्य संघले आयोजना गरेको १३ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी आज समापन भएको हो ।








