काठमाडौं ।
इंग्ल्याण्ड राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान इयोन मोर्गनले खेलाडी जीवनबाट सन्यासको घोषणा गरेका छन् । डब्लिनमा जन्मिएका ३६ वर्षीय यी क्रिकेटरले गत वर्षको जुनमा अन्तर्राष्ट्रिय करिअरबाट विश्रामको घोषणा गरेका थिए ।
अन्तर्राष्ट्रिय करिअर अन्त्य गरेयता उनले लण्डन स्पिरिट टिमबाट द हन्ड्रेड र पर्ल रोयल्स टिमका लागि दक्षिण अफ्रिका टी–२० लिग खेलेका थिए ।
सन् २००५ मा मिडिलसेक्समा सामेल हुँदै इंग्लिस टिममा पुगेदेखि दक्षिण अफ्रिकामा पर्ल रोयल्सका लागि खेल्दासम्म मैले क्रिकेटको हरेक क्षणको रोमान्च महशुस गरेको छु,’ उनले थपे, ‘क्रिकेटका लागि संसारभरको यात्राका क्रममा मैले आजीवन मित्रता विकसित गरेको छु ।’