गृहपृष्ठ Featured फायरलाइनमा सवारी दुर्घटना : बाणगंगाका कार्कीको मृत्यु

फायरलाइनमा सवारी दुर्घटना : बाणगंगाका कार्कीको मृत्यु

बाणगंगा ।

बाणगंगा  नगरपालिका–१ का विशाल कार्कीको सवारी दुर्घटनामा मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तरगत सैनामैना–११ फायरलाइनमा बुटवलतर्फ जादै गरेको स्कुटरले सोही दिशामा हिंडीरहेको सब्जि बोक्ने ठेलालाई ठक्कर दिँदा ३६ वर्षीय कार्कीको मृत्यु भएको हो ।

उनलाई दुर्घटनापछि उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा बुटवलमा मृत्यु भएको हो । उनीसँगै पछाडि सवार सोही ठाउँका ३२ वर्षीय शैलेन्द्र पाण्डेको टाउकोमा गम्भीर चोट लागेको र अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

ठेला गुडाइरहेका व्यक्तिलाई भने सामान्य चोटपटक मात्रै लागेको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार