स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकारले आज विभिन्न कार्यक्रमको आयोजना गर्ने भएको छ ।
प्रदेश स्थापना दिवसको अवसरमा सार्वजनिक बिदासमेत दिएको छ भने प्रदेश सरकारले सदरमुकाम देउखुरीमा विभिन्न कार्यक्रम गरी मनाउँदै छ । जसको उद्घाटन प्रदेश प्रमुख अमिक शेरचनले गर्दैछन् ।
लुम्बिनी प्रदेश सरकार स्थापनाको पाँच वर्ष पूरा भएको छ ।