गृहपृष्ठ Featured भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आयो

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आयो

काठमाडौं ।

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य सूचीमा पेट्रोलको मूल्य लिटरमा १ रुपैयाँ ९७ पैसा र डिजलमा ६ रुपैयाँ ४० पैसा घटेको निगमले जनाएको हो ।

आईओसीले निगमलाई हरेक १५ दिनमा इन्धनको नयाँ मूल्य सूची पठाउँछ ।

यसअघि मूल्य बढेर आएसंगै निगमले पेट्रोल र डिजलको मूल्य बढाएको थियो । यस अघि घाटामा रहेको निगम नयाँ मूल्यसूचीपछि नाफामा जाने देखिएको छ ।

सम्बन्धित् समाचार