गृहपृष्ठ Featured खाना पकाउने ग्याँसको सुरक्षित प्रयोगमा सरकारले बेवास्ता गरेको गुनासो

खाना पकाउने ग्याँसको सुरक्षित प्रयोगमा सरकारले बेवास्ता गरेको गुनासो

बुटवल ।

खाना पकाउने ग्यास र यससँग सम्बन्धित वस्तुहरुको सुरक्षित प्रयोगमा स्थानीयदेखि केन्द्रसम्म तीनै तहका सरकारले बेवास्ता गर्दा दुर्घटनाको जोखिम बढ्दै गएको व्यवसायीले बताएका छन् ।

ग्यास बिक्रेता संघ रुपन्देहीले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी एलपीजी ग्यासको बिक्री वितरण र प्रयोगबारे तीनै तहका सरकारले जनचेतना फैलाउने कार्यक्रम सञ्चालन गर्न माग गरेको छ ।

ग्यास सिलिण्डरमा जोड्ने रेगुलेटर र पाइपको गुणस्तर र विक्रिमा निश्चित मापदण्ड बनाइ अनधिकृतरुपमा यस्ता वस्तुको बिक्री वितरण कडाइका साथ रोक्नुपर्ने संघका अध्यक्ष प्रदीप पन्थले बताए ।

ग्यास सिलिण्डरबाट आगजनी वा विष्फोट हुने मुख्य तीनवटा कारणमा सिलिन्डर, रेगुलेर र पाइप हुने भन्दै उनले यी तीनवटै वस्तु नेपाल गुणस्तर चिन्ह प्राप्त भएको हुनुपर्ने वयवस्था कडाइका साथ लागु गर्न उनले माग गरे ।

बजारमा सेन्सरयुक्त रेगुलेटर पनि उपलब्ध रहेको भन्दै उनले यस्तो रेगुलेटर प्रयोग गर्दा दुर्घटनाको जोखिम नहुने बताए । सचेतना फैलाउने काममा ग्यास बिक्रेता संघ जहिले पनि तयार रहेको तर वजेट अभाव र सरकारले समन्वय र सहकार्य नगरेको संघले गुनासो गरेको छ ।

सम्बन्धित् समाचार