गृहपृष्ठ Featured कांग्रेस नेता भण्डारीको आज मुम्बईमा शल्यक्रिया गरिँदै

कांग्रेस नेता भण्डारीको आज मुम्बईमा शल्यक्रिया गरिँदै

प्रकाशित मिति:

काठमाडौं ।

ग्यास सिलिन्डर विस्फोटमा घाइते भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद चन्द्र भण्डारीको शुक्रबार भारतमा शल्यक्रिया गरिने भएको छ ।

थप उपचारका लागि बिहीबार मुम्बईको नेशनल बर्न सेन्टर पुर्‍याईएका भण्डारीको शुक्रबार बिहान १० बजे र दिउँसो २ बजे दुईवटा शल्यक्रिया गरिने छ ।

किर्तीपुर अस्पतालमा उपचारपछि भण्डारीलाई बिहीबार श्री एयरलाइन्सको विमानमार्फत थप उपचारका लागि चिकित्सकको टोलीसहित मुम्बई लगिएको हो ।

कीर्तिपुर अस्पतालले भण्डारीलाई सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न सुझाव दिएपछि उहाँलाई मुम्बई लगिएको हो ।

भण्डारीले नेपालमै उपचार गर्ने चाहना राखेपछि स्वास्थ्यमन्त्री पदम गिरीले चिकित्सकहरुसँगको सल्लाह गरेपछि भण्डारी भारत जान तयार हुनुभएको हो ।

नेता भण्डारीको शरीर ३० प्रतिशत जलेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार उहाँका दुवै हात गोडा र अनुहारमा जलन भएको छ । तातो धुवाँका कारणले श्वास नलीमा पनि जलन भएको हुनसक्ने चिकित्सकद्वय डा. किरण नकर्मी र डा. निजिना ताम्राकारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित् समाचार