गृहपृष्ठ Featured परिवर्तन अनुभूति हुनेगरी काम गर्नुपर्ने चुनौती छ : मुख्यमन्त्री गिरी

परिवर्तन अनुभूति हुनेगरी काम गर्नुपर्ने चुनौती छ : मुख्यमन्त्री गिरी

बुटवल ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले प्रदेश सरकारका लागि देखिने र जनताले परिवर्तनको अनुभूति हुनेगरी काम गर्नुपर्ने चुनौती रहेको बताएका छन् ।

संघीयताले जन्माएको सबैभन्दा सुन्दर संरचना प्रदेश भएको भन्दै उनले संघीयतालाई बलियो र उपलब्धीमूलक बनाउन पनि प्रदेश सरकारले जनजीविका फेरिने गरी काम गर्नुपर्ने बताए ।

रुपन्देहीमा रहेको रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनको शुक्रबार आयोजित २४ औं वार्षिक साधारणसभामा मुख्यमन्त्री गिरीले युवा पलायन रोक्न र स्वदेशमै बस्ने वातावरण मिलाउन सीपमूलक शिक्षा र स्वरोजगारमूलक काममा लगानी बढाउनुपर्ने बताए ।

युवालाई कृषि कर्ममा आकर्षित गर्न व्यवसायिक कृषिका कार्यक्रम ल्याउने पनि उनले बताए । ‘युवालाई स्वदेशमै उद्यम र रोजगारीमा जोड्नुपर्ने छ । कृषि उपजमा आत्मनिर्भर बन्नेगरी काम गर्नुपर्नेछ,’ मुख्यमन्त्रीले भने, ‘अब देखिने र परिणाम दिने काममा लगानी बढाइने छ।’

मुख्यमन्त्री गिरीले नागरिकमा अधिकारसँगै उत्तरदायित्व बहन गर्ने र कर्तव्य पालना गर्नुपर्ने बानीको विकास हुनुपर्ने बताए ।

सम्बन्धित् समाचार