आईसीसी विश्वकप क्रिकेट २ लिगको त्रिकोणात्मक एक दिवसीय श्रृखला अन्तर्गत नामिबियाविरुद्ध नेपालले दोस्रो विकेट लिएको छ। नेपाललाई सन्दीप लामिछानेले पहिलो र दोस्रो सफलता दिलाएका हुन्। उनले १४.३ ओभरमा विकेट पहिलो विकेट र १६.५ ओभरमा दोस्रो लिएका हुन्।
टियु क्रिकेट मैदानमा नेपालले टस जितेर बलिङ गर्दै छ। १७ ओभर सकिदा सम्म नामिबियाले २ विकेट गुमाएर ६७ रन बनाएको छ । ४ ओभर बलिङ गरेका सन्दीपले जम्मा १२ रन दिएर २ विकेट लिएका छन । कुसलले २ ओभर बलिङ सक्र्दै ७ रन खर्चेका छन ।सोमपाल कामीले ५ ओभर बलिङ गरि सकेका छन ।
सोमपालले ५ ओभरमा २ मेडन ओभरसंगै किफायती बलिङ गर्दै जम्मा ९ रन दिएका छन । करन केसीले ३ ओभर बलिङ गरिसकेका छन । करनले ३ ओभरमा १६ रन खर्चेका छन । त्यसैगरी गुल्सन झाले २ ओभर बलिङ सकेका छन ।
उनले २० रन दिएका छन। दिएर १ विकेट लिएका छन। दिपेन्द्रसिंह एैरीले १ ओभर बलिङ गरेर २ रन खर्चेका छन ।









