गृहपृष्ठ Featured न्युकासललाई लिभरपुलले हरायो

न्युकासललाई लिभरपुलले हरायो

काठमाडौं ।

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले न्युकासललाई २–० गोल अन्तरले हराएको छ। गएराति भएको खेलमा लिभरपुलको जितमा डार्विन नुनेज र कोडी गाक्पोले एक एक गोल गरे।

खेलको दशौँ मिनेटमा नुनेजले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए। खेलको १७ औं मिनेटमा गाक्पोले गोल गर्दै लिभरपुललाई २–० को जित दिलाए।

खेलको २२ औं मिनेटमा निक पोपले रातो कार्ड पाएपछि न्युकासल १० खेलाडीमा समेटिएको थियो।

जितसँगै लिभरपुलले २२ खेलमा ३५ अंक जोडेको छ। लिभरपुल आठौं स्थानमा रहेको छ।

न्युकासल ४१ अंक जोडेर चौंथो स्थानमा रहेको छ।

सम्बन्धित् समाचार