गृहपृष्ठ Featured अझै जडान भएन ‘डायलासिस मेसिन’

अझै जडान भएन ‘डायलासिस मेसिन’

दाङ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएकाे साउनमा दाङको तुलसीपुरमा रहेकाे राप्ती प्रादेशिक अस्पतालमा आठ वटा ‘डायलासिस मेसिन’ पठाएको थियो ।  तर ती मेसिन अहिले एउटा कोठामा थन्क्याएर राखिएको छ । मेसिन आएको सात महिना पुग्न लाग्दा पनि आर्थिक र जनशक्ति अभावका जडान हुनसकेकाे छैनन् ।

मेसिन जडानका लागि पाइपलगायतका आवश्यक सामग्री खरिदका लागि २५–३० लाख रुपैयाँ खर्च लाग्छ । त्यस्तै अहिले चार  नर्सिङ कर्मचारीमात्रै कार्यरत हुनुहुन्छ । तर मेसिन जडानपछि कम्तीमा १० नर्सिङ कर्मचारी चाहिन्छ । अर्कातर्फ मेसिन जडान गर्नका लागि ठाउँको पनि अभाव छ । अस्पतालमा ‘पेडियाट्रिक’ भवन निर्माण भए पनि अस्पताललाई हस्तान्तरण नहुँदा पनि समस्या भएको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिन्टेण्डेन्ट डा ओम अर्यालले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मेसिन जडानका लागि हामीले पाइपलगायतका सामग्री खरिद गर्नुपर्छ, ठाउँको पनि अभाव छ, पेडियाट्रिक भवन निर्माण भए पनि हामीलाई हस्तान्तरण भएको छैन, जनशक्ति पनि अभाव छ, त्यसैले पनि मेसिन जडान गर्न सकिएको छैन ।’

सम्बन्धित् समाचार