गृहपृष्ठ Featured सैनिक मञ्च टुँडिखेलमा मनाइयो प्रजातन्त्र दिवस

सैनिक मञ्च टुँडिखेलमा मनाइयो प्रजातन्त्र दिवस

काठमाडौँ ।

सैनिक मञ्च टुँडिखेलमा ७३ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाइएको हो । राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ मूल समारोह समितिद्वारा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री, मन्त्री, संवैधानिक निकाय तथा कूटनीतिक निकायका प्रमुखहरू सहभागी थिए ।

समारोहमा नेपाली सेनाको दुई हेलिकोप्टरबाट राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ अंकित ब्यानर प्रदर्शन र पुष्पवृष्टि गरिएको थियो । साथै मैदानबाट परेवा र रंगीचंगी बेलुन उडाउनुका साथै सहिदरुप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट मार्चपास गर्नुका साथै देशप्रेमका कालजयी गीतहरुको धुन र ब्यान्ड बजाएर प्रजातन्त्र दिवस मनाइएको छ । आज विभिन्न कार्यक्रम गरी देशभर नै प्रजातन्त्र दिवस मनाइँदैछ ।

सम्बन्धित् समाचार