गृहपृष्ठ Featured गुल्मीमा आगोले जलेर एक वृद्धाको मृत्यु

गुल्मीमा आगोले जलेर एक वृद्धाको मृत्यु

बुटवल ।

गुल्मीमा आगोले जलेर एक वृद्धाको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका–१, मल्दी बस्ने ८३ वर्षीया पवित्रा खत्रीको मृत्यु भएको वडा अध्यक्ष शेरबहादुर कुवँरले जानकारी दिए ।

घरमा एक्लै बस्दै आएकी खत्रीको शनिबार साँझ आगो ताप्ने क्रममा लगाएको लुगामा आगो लागेपछि शरीरभरी फैलिएको थियो ।

आगोमा जलेर सख्त घाइते भएकी खत्रीको गुल्मी अस्पताल तम्घासमा उपचार गरेपछि थप उपचारको लागि पाल्पा लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

सम्बन्धित् समाचार