गृहपृष्ठ Featured लुम्बिनीका नवनियुक्त मन्त्रीको शपथ आज

लुम्बिनीका नवनियुक्त मन्त्रीको शपथ आज

लुम्बिनीका नवनियुक्त मन्त्री भण्डारीलाल अहिर यादवको शपथ आज हुँदै छ । मन्त्री यादवको आज बिहान ११ बजे प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनियताको  शपथ ग्रहण हुने प्रदेश प्रमुखको सचिवालयले जानकारी दिएको छ ।

जनता समाजवादी पार्टीका संसदीय दलका नेतासमेत रहेका अहिरलाई आइतबार कृषि तथा भूमि ब्यवस्था मन्त्रालयको जिम्मेवारी तोकिएको थियो ।  उनी बाँके क्षेत्र नम्बर २(१) बाट निर्वाचित भएका थिए ।

यसअघिका कृषिमन्त्री तुल्सीराम शर्मालाई मुख्यमन्त्री कार्यालयमा लगेर जसपा नेपालका अहिरलाई सो मन्त्रालयको जिम्मेवारी दिइएको हो ।

सम्बन्धित् समाचार