कपिलवस्तु ।
कपिलवस्तुमा भएको मोटरसाईकल दुर्घटनामा फरार एक युवक सिसि क्यामेराले सहायताले पक्राउ परेका छन् । सिसि क्यामेराको फुटेज र लोकेसन ट्रयास गरेपछि फरार भएका ब्यक्ति पक्राउ परेका हुन्।
गत फागुन १ गते पुर्व पश्चिम राजमार्ग अन्तर्गत जिल्लाको गोरुसिंगे– चार नम्बर सडकखण्डमा बाणगंगाको खारखानी पानीधारामा मोटरसाईलले एक महिलालाई ठक्कर दिई फरार भएका एक युवक सिसि क्यामेराको सहयोगले घटनाको ५ दिनपछि पक्राउ परेका छन्।
बुद्धभुमी नगरपालिका ४ का २४ बर्षिय कृष्णप्रसाद सुनारले चलाएको लु ८८ प ६९९१ नम्बरका मोटरसाईकलले ठक्कर दिदाँ बाणगंगा नगरपालिका– ८ की ५१ वर्षिया कमला घिमिरे गम्भिर घाइते भएकी थिईन् ।
चार नम्बर स्थित सामुदायिक अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको थियो। घटना पछि सुनार फरार थिए।
ईलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरीक्षकको टोलीले गोरुसिंग देखि खारखानी सम्मको सिसि फुटेजको जाच र सो दुरीमा मोटरसाईकल पुग्न लाग्ने समयको यकिन गरी आरोपीलाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक मीन बहादुर घलले बताए।
पक्राउ परेको युवकमाथी सवारी ज्यानको मुद्दा चलाई आवश्यक कारबाही प्रकृया अघि बढाइएको उनले बताए।








