गृहपृष्ठ Featured अर्घाखाँची अस्पतालमा बिरामीको सङ्ख्या ह्वात्तै बढ्यो

अर्घाखाँची अस्पतालमा बिरामीको सङ्ख्या ह्वात्तै बढ्यो

अर्घाखाँची ।   

अर्घाखाँची अस्पतालमा बिरामीको सङ्ख्या ह्वात्तै बढेको  छ। केही समयपहिला सरकारी तथा सामुदायिक अस्पतालमा उपचार गराउनाको साटो निजी स्वास्थ्य संस्थामा उपचार गराउनेहरू पनि अहिले जिल्ला अस्पतालमै उपचार गराउन  पुग्ने गरेका छन्।

दैनिक एक सयदेखि एक सय ५० जनासम्म ओपिडीमा उपचारका लागि आउने गरेकामा  अहिले बढेर दैनिक तीन सयभन्दा बढी पुगेको अस्पतालका प्रमुख चिकित्सक जगन्नाथ तिवारीले बताए।

बालबालिका, ज्येष्ठ नागरिक,  मौसमी रुघाखोकी तथा दीर्घ रोगका बिरामी उपचारका लागि आउने गरेका छन्। ओपिडीमा मात्र नभएर इमर्जेन्सीका बिरामी पनि बढेका छन्। अस्पतालमा भर्ना भएर उपचार गराउनेको सङ्ख्या पनि बढेको छ।

केही समय पहिलादेखि बन्द रहेको सिएस सेवा अर्थात् शल्यक्रिया विधिबाट प्रसूति गराएर बच्चा निकाल्ने सेवा पनि नियमित भएको छ। अस्पतालमा प्रमुखको जिम्मेवारी सम्हालेर चिकित्सक जगन्नाथ तिवारी आएपछि यो सेवा सुरु भएको हो।

जटिल प्रकृतिका प्रसूतिलाई शल्यक्रियाका लागि बुटबल जानुपर्ने बाध्यता हटेको छ। शल्यक्रियाकै लागि बुटबल जानुपर्ने बाध्यता हटेपछि स्थानीयवासी पनि खुसी भएका छन्।

सम्बन्धित् समाचार