गृहपृष्ठ Featured प्यूठानमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु, तीन घाइते

प्यूठानमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु, तीन घाइते

प्यूठान । 

घर पोत्ने माटो खन्न गएकी झिमरुक गाउँपालिका-५ ओखरकोट जावुने प्यूठानकी एक महिलाको ढिस्कोले पुरिएर मृत्यु भएको छ। मंगलबार स्थानीय ४२ वर्षीया पार्वता पोखरेलको ढिस्कोले पुरिएको अवस्थामा बाहिर निकाल्दै गर्दा मृत्यु भएको वडाध्यक्ष दधिराम पोखरेलले जानकारी दिए।

अन्य तीन जना सामान्य घाइते भएका छन्।

घाइते भएका तीन जना महिलालाई ढिस्कोले उछिट्याएको र पोखरेललाई च्यापेको वडाध्यक्ष पोखरेलले जानकारी दिए।

सम्बन्धित् समाचार