गृहपृष्ठ Featured पूर्वराजा ज्ञानेन्द्रको अभिव्यक्ति विरोधाभासपूर्ण : कमल थापा

पूर्वराजा ज्ञानेन्द्रको अभिव्यक्ति विरोधाभासपूर्ण : कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्रले प्रजातन्त्र दिवसमा दिएको सन्देशले द्वन्द्व थप्ने स्थिति सिर्जना भएको विश्लेषण गरेका छन्।

राजनीतिक दलहरूसँग सहकार्य गर्ने विचार सकारात्मक रहेको, तर मौन बस्दिनँ भन्ने विचारले द्वन्द्व बढाउने उनको विश्लेषण छ।

‘राजनीतिक दलहरू प्रजातन्त्रका मेरुदण्ड हुन्, यिनीहरूलाई बलियो बनाउनुपर्छ, म पनि तयार छु । जोसुकैले भन्दा पनि सकारात्मक रूपमा लिनुपर्‍याे, तर पूर्वराजा ज्ञानेन्द्रले एकातिर सहकार्य अर्कोतिर मौन बस्दिनँ भन्नुभएको छ, त्यसको अर्थ के हो ? आपसमा विरोधाभास छ,’ थापाले भने, सहकार्य गर्ने हो भने सहयोगी र सकारात्मक दृष्टिकोण राख्नुपर्‍याे। मौन बस्दिनँ भन्ने जुन अभिव्यक्ति छ, त्यसले सहकार्य र सदभाव हाेइन द्वन्द्वलाई थप्ने स्थिति सिर्जना भएको छ।’

सहकार्यको कुरा गरेर राजसंस्था पुनर्स्थापनाका निमित्त आफ्नो धारणा अगाडि सारेको हो भने धेरै ढिलो भएको उनको तर्क थियो।

रिपोर्टर्स क्लब लुम्बिनी प्रदेशले बुधबार बुटवलमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष थापाले दल र राजसंस्थाबीचमा धेरै ठूलो खाडल रहेको चर्चा गरे। उनले यो अविश्वास र आशंकाको वातावरण अन्त्य गर्न भविष्यमा उनले चाल्ने कदमबाट थाहा हुने बताए।

सम्बन्धित् समाचार