वैखरी अनलाईन, बाणगंगा ।
नेपाल ब्युटिसियन संघ जिल्ला शाखा कपिलवस्तुको अध्यक्षमा निर्मला न्यौपाने चयन भएकी छिन् । बुधबार कपिलवस्तु उद्योग बाणिज्य संघको सहभाहल चारनम्बरमा भएको संघको चौथो अधिवेशनबाट न्यौपाने सर्वसम्मत चयन भएकी हुन् ।
जसको उपाध्यक्षमा नेरु रुपाखेती, सचिवमा चित्रा पौडेल, कोषाध्यक्षमा सावित्रा पोख्रेल चयन भएका छन् भने सदस्यहरुमा प्रिती राना, कमला थारु, यमुना थापा, माया आचार्य, सरु खनाल, दिक्षा मगर, परि शर्मा र तारा खनाल चयन भएका छन् ।
नवनिर्वाचित अध्यक्ष न्यौपानेले ब्युटिसियनको हकहितमा सदैव काम गर्ने गरि अघि बढ्ने प्रतिवद्धता जनाएकी छिन् ।
नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिदैं नेपाल ब्युटिसियन संघकी केन्द्रिय वरिष्ठ उपाध्यक्ष शान्ति शर्मा, निवर्तमान अध्यक्ष पुजा पाण्डे, कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरे, नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य रुक बहादुर भुसाल, नेपाली कांग्रेस बाणगंगाका सचिव सुर्यप्रसाद बरालले सबै ब्युटिसियनलाई एकतावद्ध बनाई संगठनलाई थप सुदृढ बनाउन लैजान आग्रह गरेका थिए ।








