गृहपृष्ठ Featured गुल्मीका सापकोटा परिवार : जसले गरे विद्यालयको महायज्ञमा ७२ लाखको सहयोग

गुल्मीका सापकोटा परिवार : जसले गरे विद्यालयको महायज्ञमा ७२ लाखको सहयोग

प्रकाशित मिति:

गुल्मीको मुसिकोट नगरपालिका– ९ अर्लाङकोटमा सञ्चालित ज्ञानज्योति आधारभूत विद्यालयले धनधान्याञ्चल ज्ञान महायज्ञमा सापकोट परिवारले ठूलो आर्थिक सहयोग गरेका छन्।

दुई दिनमै तीन सापकोटा परिवारले मात्रै झन्डै ६० लाख महायज्ञमा आर्थिक सहयोग गरेको पाएको छ। मुसिकोट नगरपालिका– ९ अर्लाङकोटका बलिभद्र र खगीकला सापकोटाको परिवारले मात्रै विद्यालयलाई ३० लाख रुपैयाँ सहयोग गरेको विद्यालयले जनाएको छ।

उनका जेठा छोरा जापानमा कार्यरत लीलाकान्त सापकोटा, माइला र साहिँला छोरा लक्जमबर्गमा कार्यरत रामकान्त सापकोटा र ज्ञानेश्वर सापकोटा तथा कान्छा छोरा अमेरिकामा कार्यरत सोमनाथ सापकोटाले संयुक्त रूपमा ३० लाख २६ हजार रुपैयाँ महायज्ञमार्फत विद्यालयललाई सहयोग गरेको प्रधानाध्यापक यज्ञमूर्ति सापकोटाले जानकारी दिए।

सम्बन्धित् समाचार