वैखरी अनलाईन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर ५ प्रेमनगरमा सिटिजन्स बैंकले शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ । विहिबार एक कार्यक्रमकाबीच बुद्धभूमि ५ का वडाध्यक्ष रोम बहादुर थापाले उद्घाटन गरेसंगै उक्त सेवा सुरु भएको हो ।

वडाध्यक्षले थापाले अब वडावासी बैंकिङ्ग कारोबारको लागी गोरुसिंगे, ईमिलिया, तौहिलवा जानुपर्ने बाध्यताको अन्त्य हुने बताए । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको यस क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुच पर्याउने उद्देश्यले सुरु गरिएको यस बैंकिङ्ग सेवाले वडावासीलाई राहात महसुस हुने उनको भनाई छ ।
सिटिजन्स बैंकको हेड कलस्टर लुम्बिनी प्रदेशका सुधिर रेग्मीले यो बैंकिङ्ग सेवाबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको ब्याज भुक्तानी गर्ने, डिस होमको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सकिने जानकारी दिए ।
सिटिजन्स बैंक पिपरा शाखा प्रमुख भिमकान्त भट्टराईको संचालमा सम्पन्न कार्यक्रममा बुद्धभूमि- ४ का वडाध्यक्ष सुसिल कुमार चौधरी, बैंकका ईमिलिया शाखा प्रमुख समिर कुमार श्रेष्ठ लगायत बैंकका कर्मचारीको उपस्थिति रहेको थियो ।








