गृहपृष्ठ Featured रामोसले गरे अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा

रामोसले गरे अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा

प्रकाशित मिति:

स्पेन राष्ट्रिय टोलीका पूर्व कप्तान सर्जियो रामोसले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास घोषणा गरेका छन् । रामोसले बिहीबार सामाजिक सञ्जालबाट अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका हुन् ।

स्पेनका डिफेन्डर रामोसले ३६ वर्षको उमेरमा अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास घोषणा गरेका हुन् ।

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) बाट व्यावसायिक फुटबल खेलिरहेका रामोसले स्पेनका लागि १८० खेलमा २३ गोल गरेका छन् ।

सन् २०१० को विश्वकप विजेता डिफेन्डर रामोस स्पेनले २००८ र २०१२ मा युरोकप जित्दा रामोस टोलीमा रहेका थिए ।

सम्बन्धित् समाचार