गृहपृष्ठ Featured कपिलवस्तुमा बँदेलको मासुसहित ३ जना पक्राउ

कपिलवस्तुमा बँदेलको मासुसहित ३ जना पक्राउ

कपिलवस्तु ।

ओसारपसार गर्दै गरेको बँदेलको मासुसहित ३ जना पक्राउ परेका छन्। डिभिजन वन कार्यालय गौतम बुद्धले बिहीबार साँझ जिल्लाको शिवराज नगरपालिका-२ हल्लानगर हुँदै बँदेलको मासु चन्द्रौटातर्फ ल्याउँदै गर्दा पक्राउ गरेको हो।

पक्राउ पर्नेमा विजयनगर-१ नेवलीगंजका ५६ वर्षीय तुलसीराम थारु, विजयनगर-१ मधनगरका दीपक मल्ल र शिवराज-९ बस्ने ४५ वर्षीय पहलमान थारु रहेका छन्। लु १ ह ३२३१ नम्बरको अटोमा ३ वटा बोरामा २५० किलो बँदेलको मासुसहित उनीहरूलाई पक्राउ गरिएको सहायक वन अधिकृत प्रेमसंकर गुप्ताले बताए।

पक्राउ परेका तीनै जनालाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार कारबाही गरिने गुप्ताको भनाई छ। बँदेलको मासु शुक्रबार नष्ट गरिएको छ।

सम्बन्धित् समाचार