वैखरी अनलाईन, बाणगंगा ।
लुम्बिनी प्रदेश सरकार उद्योग यातायात तथा पर्यटन मन्त्री जनकी प्रसाद यादवले राष्ट्रिय दलित पत्रकार संघ कपिलवस्तुको भवन निर्माणका लागि सहयोग गर्ने घोषणा गरेका छन् । शनिबार सम्पन्न राष्ट्रिय दलित पत्रकार संघ कपिलवस्तुको दोस्रो अधिबेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले आफ्नो संसदीय कोषबाट भवन निर्माणका लागी सहयोग गर्ने बताए । पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेकाले अब आफु मन्त्रीबाट राजिनामा समेत दिने उनले उद्घोष गरे ।
मन्त्री भए पनि नभए पनि आफु सदैव जनताको काम लागी रहने उनले जिकीर गरे ।
मन्त्री यादवले आफु मन्त्री भईसकेपछि विभिन्न काम योजनाबद्ध तरिकाले अघि बढाउने तयारी गरिरहेको सुनाउँदै उनले भने, ‘अब यो केन्द्रको राजनितिले परिस्थिति फेरियो । मन्त्रीमा रहेका आफ्ना योजनालाई कार्यान्वय गर्ने भन्ने थियो, तर अब त्यो नहुने भयो ।’








