गृहपृष्ठ Featured बर्दिया कारागारमा क्षमता भन्दा तेब्बर कैदीबन्दी राखिंदा दैनिकी कष्टकर

बर्दिया कारागारमा क्षमता भन्दा तेब्बर कैदीबन्दी राखिंदा दैनिकी कष्टकर

बर्दिया ।

बर्दिया जिल्ला कारागारमा क्षमता भन्दा तेब्बर कैदीबन्दी राखिंदा उनीहरूको दैनिकी कष्टकर बनेको छ । जसले गर्दा कैदी बन्दीहरूले निकै कठिन रूपमा जेल जीवन गुजारा गर्नुपरेको हाे । सजाय भोगिरहेका बर्दिया कारागारका कैदीहरूले कैद सजाय त भोगि रहेका छन् । तर उक्त सजाय भन्दा पनि कठोर उनीहरूको कष्टकर दैनिकी बनेको छ ।

गर्मीयाम सुरु हुँदै गर्दा बर्दिया जिल्ला कारागारमा रहेका कैदीहरूले निकै समस्या भोग्नु परेको गुनासो गरेका छन् । बर्दिया जिल्ला कारागारभित्र रहेको महिला सेलमा २५ जनाको क्षमता भएपनि अहिले ३७ जना महिला कैदी र २ जना बालक गरी कुल ३९ जना रहेका छन् । पुरुष कारागारभित्र भने १ सय २५ जनाको क्षमता हुँदा ४ सय २३ जना कैदी बन्दी रहेका छन् ।

कैदीबन्दी धेरै भएका कारण बर्दिया जिल्ला कारागारभित्र पिउने पानी, शौचालय र सुत्ने ठाउँ लगायतका समस्याहरू भएको कैदीहरूले बताएका छन् । पुरुष कारागारमा क्षमताको तेब्बर कैदीबन्दी भएकाले गर्मी बढ्दै जाँदा थप समस्या हुने उनीहरूले बताएका छन् ।

सम्बन्धित् समाचार