काठमाडौं ।
आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय शृंखलाका लागि युनाइटेड अरब इमिरेट्स (यूएई)को राष्ट्रिय क्रिकेट टिमको घोषणा गरिएको छ । यूएईको घरेलु मैदानमा हुने त्रिदेशीय शृंखलाका लागि आइतबार सीपी रिजवानको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरिएको हो ।
टिममा यूएईको यू–१९ टिमका कप्तानी गरिरहेका आयान खानले पनि स्थान बनाएका छन् । भोलि (सोमबार)देखि सुरु हुने शृंखलामा यूएईसँगै नेपाल र पपुवा न्युगिनी (पीएनजी) सहभागी छन् ।
यूएईको टिम :
सीपी रिजवान (कप्तान), मुहम्मद वसिम, भ्रित्या अरविन्द, अलिसान सरफु, आर्यन लक्रा, रोहन मुस्तफा, राहुल भाटिया, हज्रत बिलाल, आयान खान, कार्थिक मयप्पन, जुनैद सिद्दिकी, जहुर खान, सबिर अली र आसिफ खान ।








