गृहपृष्ठ Featured बाणगंगामा स्थानीय जडिबुटी परिचात्मक कार्यक्रम सम्पन्न

बाणगंगामा स्थानीय जडिबुटी परिचात्मक कार्यक्रम सम्पन्न

सागर वि.क., वैखरी अनलाईन ।

बाणगंगामा स्थानीय जडिबुटी परिचात्मक कार्यक्रम सम्पन्न भएको छ । बाणगंगा नगरपालिकाको आयुर्वेद शाखाको आयोजनामा उक्त कार्यक्रम वडा नम्बर २ को कार्यालय पिपरामा सम्पन्न भएको हो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख चक्रपाणी अर्यालले यस क्षेत्रमा पनि विभिन्न किसिमका जडिबुटी उपलब्ध रहेको बताए । उनले स्थानीय स्तरमै उपलब्ध जडिबुटीबारे अधिकांश व्यक्ति जानकार नरहेको स्वीकार गरे । उनले अहिलेको अवस्थालाई परिवर्तन गर्न नगरपालिका लागिरहेको बताउँदै भने, ‘सोही अवस्थालाई मध्येनजर गरेर यो कार्यक्रम गरिएको हो ।’

नगर उपप्रमुख रिता कुमारी चौधरीले स्थानीय जडिबुटीबारे सबै जानकार हुन आवश्यक रहेको बताईन् । कोरोना महामारिका समयमा जडिबुटीका बारेमा व्यापक प्रचारप्रचार तथा चासो देखिएको बताउँदै उनले भनिन् ‘हाम्रो स्वास्थ्य अवस्थालाई सुधार गदै स्वस्थ राख्न चाहिने अधिकांश जडिबुटी हाम्रै जंगलहरुमा छन्, तर पहिचान गर्न सक्दैनौं ।’

वडा नम्बर २ का वडाध्यक्ष विष्णु प्रसाद पौडेलले परापुर्वकालमा जडिबुटीबाटै मानिसले स्वाथ्यलाभ लिने गरेको तर अहिले त्यो अवस्था न्युन रहेको बताए । मानिस आधुनिक कालमा प्रवेश गरेसंगै जडिवुटीप्रतिको विश्वस्नीयता पनि कम हुदै गएको अवस्था देखिएको उनको भनाई छ ।

उनले आममानिसलाई जडिबुटीको महत्व बुझाउँदै स्थानीय स्तरमा उपलब्ध जडिबुटीको पहिचान तथा उपयोगमा जोड दिनुपर्ने बताए । वडा समिति, सामुदायिक वन, टोल विकास संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको उक्त कार्यक्रममा डा.नलिननाथ तिवारी र अनुपमा पराजुलीले प्रशिक्षण दिएका थिए ।

सम्बन्धित् समाचार