सन्धिखर्क ।
अर्घाखाँचीको शितगंगा नगरपालिकाले सोमबार सार्वजनिक बिदा दिएको छ। ४१ औ राष्ट्रिय मगर एकता दिवसको अवसरमा फागुन १५ गते शितगंगा नगरपालिकाले सार्वजनिक दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र खनालले जानकारी दिए।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खनालले सूचना जारी गर्दै नगरभित्र सार्वजनिक बिदा दिएको जानकारी दिए।
शितगंगामा मगर समुदायको बाहुल्यता छ।