गुल्मी ।
गुल्मीमा सम्पन्न १३ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि मुसिकोट नगरपालिकाले जितेकाे छ । गएकाे बिहीवारदेखि सदरमुकाम तम्घासमा सञ्चालित प्रतियोगितामा सबैभन्दा बढी २२ स्वर्ण, १६ रजत र १२ कास्य पदकसहित मुसिकोट नगरपालिकाले उपाधि हात पारेको हो ।
त्यसैगरी इस्मा गाउँपालिकाले नाै स्वर्ण, चार रजत र तीन कास्य पदक प्राप्त गरेको छ भने मदाने गाउँपालिकाले तीन स्वर्ण, पाँच रजत र पाँच कास्य पदक हात पारेको छ । गुल्मीदरबार गाउँपालिकाले तीन स्वर्ण, तीन रजत र पाँच कास्य पदक जितेको छ ।
त्यस्तै रुरुक्षेत्र गाउँपालिकाले तीन स्वर्ण, एक रजत र तीन कास्य पदक जितेको छ भने चन्द्रकोट गाउँपालिकाले दुई स्वर्ण, तीन रजत र नौ कास्य पदक जितेको छ ।
प्रतियोगितामा रेसुंगा नगरपालिकाले दुई स्वर्ण, चार रजत र नौ कास्य पदक जितेको छ भने धुर्कोट गाउँपालिकाले दुई स्वर्ण, एक रजत र दुई कास्य पदक जितेको छ । त्यस्तै छत्रकोट गाउँपालिकाले दुई स्वर्ण, दुई रजत र तीन कास्य पदक जितेको छ भने सत्यवती गाउँपालिकाले एक स्वर्ण र एक रजत पदक जितेको छ । कालीगण्डकी गाउँपालिकाले एक स्वर्ण र दुई रजत पदक जितेको छ ।
जिल्लाको मालिका गाउँपालिका स्वर्ण पदकविहीन बनेको छ । मालिकाले दुई रजत र तीन कास्य पदक जितेकाे छ ।








