काठमाडौं ।
यूएईविरुद्ध सात रनको जित निकाल्दै नेपाल यू १९ अर्को वर्ष श्रीलंकामा हुने आईसीसी यू १९ विश्वकपमा छनोट भएको छ।
यूएईको अज्मानस्थित इडेन गार्डेन ओभलमा भएको खेलमा नेपालले घरेलु टिमसामू एक सय ९२ रनको योगफल तयार गरेका थियो।
जवाफी ब्याटिङमा उत्रिएको यूएईले ४८ ओभरमा सबै विकेट गुमाएर एक सय ८४ रन मात्रै बनाउन सक्यो।