गृहपृष्ठ Featured माओवादी लुम्बिनीमा बढ्यो असन्तुष्टि

माओवादी लुम्बिनीमा बढ्यो असन्तुष्टि

बुटवल ।

नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश संसदीय दल नेता जोखबहादुर महराको पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग उनको निकट सम्बन्ध छ । उनी अहिले लुम्बिनी प्रदेशको आर्थिक मामिला मन्त्रीसमेत हुन् ।

तर, एकलौटी ‘निर्णय गर्न थालेपछि’ उनको पार्टीबाट निर्वाचित प्रदेश सभा सदस्यहरूले खुलेरै असन्तुष्टि जनाउन थालेका छन् । उनीहरू महराई दलको नेताको रूपमा स्वीकार गर्न नसकिने बताइरहेका छन् ।

महरामाथि पार्टीभित्र पद बाडफाँटमा एकलौटी गरिरहेको आरोप लागिरहेको छ । पार्टीको तर्फबाट सबैभन्दा पहिला मन्त्री बनेकी कृष्णा केसीलाई मागेअनुसारको मन्त्रालय नदिएको आरोप पनि उनीमाथि छ ।

साथै मन्त्रिमण्डल विस्तारका क्रममा आफू र आफ्ना मान्छेलाई एकलौटी रूपमा सिफारिस गरेको माओवादीका प्रदेश सांसदहरू बताउँछन् ।

पछिल्लोपटक मन्त्रिमण्डल विस्तारका क्रममा महराले दाङ क्षेत्र नम्बर १ (१) बाट निर्वाचित सांसद ईन्द्रजित थारूलाई संसदीय दलमा कुनै छलफल नगरी मन्त्रीमा सिफारिस गरेपछि माओवादी सांसदहरू आक्रोशित बनेका हुन् ।

कुल १० जना प्रदेश सभाप सदस्य रहेकोमा सातजना महराको विपक्षमा छन् ।

सम्बन्धित् समाचार