काठमाडौं ।
नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाले शनिबार बिहान जारी गरेको बुलेटिनमा दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने उल्लेख छ।
पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन /चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाई छ।
राती कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
आइतबार कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। साथै लुम्बिनी प्रदेशका केही भू-भागका थोरै स्थानहरूमा हावा हुरीको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।
सोमबार गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ।








