गुल्मी ।
गुल्मीमा विभिन्न रोगको विशेषज्ञ डाक्टरहरुबाट सेवा दिने उदेश्यले तम्घासमा बृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाको आयोजना चौराहा हस्पिटल प्रालि बुटवल र गुल्मी अस्पतालको प्राबिधिक सहयोगमा एक दिने निःशुल्क स्वास्थ्य शिविर गरिएको हो ।
गुल्मीमा विशेषज्ञ डाक्टरको अभावमा कयौं रोगका बिरामीहरु उपचार गर्न पाल्पा, बुटवल, काठमाडौं जानु पर्ने बाध्यता छ ।
शिबिरमा न्यूरो स्पाइन सर्जरी तथा जनरल ल्याप्रोस्कोपी, हाडजोर्नी तथा नसा रोग, प्रसुती तथा स्त्रीरोग, छाला तथा चर्म, मानसिक तथा नशा, बाल रोग, जनरल फिजिसीयन, मुटु रोग (ईसिजी) सेवा राखिएको थियो ।