गृहपृष्ठ Featured क्यानडामा सरकारी उपकरणमा टिकटक चलाउन प्रतिबन्ध

क्यानडामा सरकारी उपकरणमा टिकटक चलाउन प्रतिबन्ध

क्यानडामा सरकारी उपकरणमा सामाजिक सञ्जाल टिकटक चलाउन प्रतिबन्ध लगाइएको छ । क्यानडाका प्रधानमन्त्रीले आइतबार संघीय कर्मचारीले सरकारी काम–कारबाहीका लागि प्रयोग गर्ने विद्युतीय उपकरणमा टिकटक चलाउन नपाउने बताएका हुन् ।

गएको हप्ता युरोपियन युनियनले साइबर सेक्युरिटीका कारण सरकारी कर्मचारीले प्रयोग गर्ने विद्युतीय उपकरणमा टिकटक चलाउन अस्थायी रूपमा प्रतिबन्ध लगाएको थियो ।

अमेरिकामा पनि आधाभन्दा बढी राज्य र कांग्रेसले आधिकारिक सरकारी उपकरणमा टिकटक चलाउन प्रतिबन्ध लगाइएको छ । संघीय कर्मचारीलाई उनीहरूको कामका उपकरणहरूबाट एप हटाउन ३० दिनको म्याद समेत दिइएको छ ।

टिकटक बाइटडान्स नामक कम्पनीको स्वामित्वमा रहेको एप हो । उक्त चिनियाँ कम्पनीको मुख्यालय सिंगापुरमा अवस्थित छ ।

सम्बन्धित् समाचार